चाल्र्स शोभराज मुद्दाको बयान आज

काठमाण्डु टुडे २०७१ जेठ १३ गते २:३१ मा प्रकाशित

chals_sovrajaकाठमाण्डु, १३ जेठ –क्यानेडिली नागरिकको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा चलाइएको अन्तर्राष्ट्रिय विकिनी किलर चाल्र्स शोभराजको मुद्दाको पेशी आज तोकिएको छ ।

मुद्दामा बहसका लागि हिजो भक्तपुर अदालत पुगेका शोभराजले आफूविरुद्धको मिसिलको थप नक्कल माग गरेर अध्ययन गर्ने समय नपुगेको बताएपछि आज बयानका लागि अदालतमा हाजिर हुन न्यायाधिशले आदेश दिएको हो ।

जेठ ४ गते आइतबार अदालत हाजिर भएका शोभराजले आफूविरुद्ध लगाइएको मुद्दाको मिसिल माग गरेपछि मिसिल अध्ययन गर्नेगरी सोमबार लागि पेशी तोकिएको थियो । शोभराजले त्यसदिन मिसिलको नक्कल नलिइ गएकाले अदालतले उनी रहेको कारागार मै अध्ययनका लागि मिसिल पठाउँदा मिसिल नबुझेपछि मिसिल फिर्ता आएको थियो ।

अदालतमा सोमबार शोभराजले नक्कल बुझे पनि मिसिलको अध्ययन गर्न र बयान गर्न समय अभाव भएपछि बयान लिन नभ्याएको र आज बिहान १० बजे बयानका लागि बोलाइएको अदालतले जनाएको छ ।

शोभराजको पक्षबाट वकालत गरिरहेकी अधिवक्ता सुकन्तला थापाले अदालतसँग मिसिल अध्ययनका लागि एकसाता समय माग गरेपनि समय नदिई सोमबार नै बयानका लागि अदालतमा बताइन् ।

वि.स.२०३२ साल पुस ६ गते क्यानेडिली नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शवलाई टुक्रा पारेर भक्तपुरको मनोहरा खोलामा फ्ँयाकिएको अवस्थामा भेटिएको थियो । त्यसैगरि लोरेन्सको शवको केही भाग भक्तपुरको नंखेल गाविस पलाँसेमा फेला परेको थियो । शोभराजविरुद्ध भक्तपुर चित्तपोलका गाउँ पञ्च गोकर्णबहादुर कार्कीले डिसेम्बर १९७५ मा मुद्दा दायर गरेका थिए ।

काठमाण्डुमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोगको सुनुवाइ क्रममा लोरेन्ट हत्यामा समेत चाल्र्सको संलग्नता रहेको तथ्यहरु अदातलतमा पेस भए पछि शोभराजविरुद्ध भक्तपुर जिल्ला अदालतबाट पनि मुद्दा चलाइएको हो ।

सर्वाेच्चले कर्तव्य ज्यान र जाली राहदानी मुद्दाको फैसलामा उनले कैद भुक्तान गरि रहेका छन् । हाल उनलाई लोरेन्टको हत्यामा संलग्न रहेको आधारमा भक्तपुर जिल्ला अदालतमा बयानका लागि भक्तपुर जिल्ला अदालत ल्याइएको हो ।
२०६० मा शोभराज काठमाडौँमा पक्राउ परेपछि भक्तपुर प्रहरीले २०६२ सालमा मिसिलको नक्कल लगे पनि शोभराज मुद्दाको बहसमा भने ढिला हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us