प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाण्डु टुडे २०७१ जेठ १३ गते २:०४ मा प्रकाशित

sushilकाठमाण्डु, १३ जेठ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आजदेखि उच्चस्तरीय राजनीतिक भेटबार्ता शुरु गर्दै छन् ।
प्रधानमन्त्री कोईरालाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरबाद हाउसमा दुईपक्षिय हितको बिषयमा छलफल गर्ने कोइरालाको निजि सचिबालयले जनाएको छ ।
भेटमा कोईरालाले जलस्रोत, पर्यटयन र जैवीक बिविधताको सम्भाव्यताको बिषयमा कुराकानी गर्ने बताइएको छ । उनले हिजो सपथ ग्रहण कार्यक्रमपछि मोदीसंग भेट गरी दक्षिण एसियाको बिकासका लागि सहकार्य गर्न आग्रह गरेका थिए ।
यसैगरी प्रधानमन्त्री कोईरालाले आजै पाकिस्तानी समकक्षी नवाज सरिफसंग दिउँसो २ बजे त्यसपछि भारतीय जनता पार्टिका अध्यक्ष राजनाथ सिंह र भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धिलाई पनि भेट्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us