राप्रपा नेपालको निर्वाचन आज

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १:५१ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, १३ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुने भएको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी मनोनयन गरेका २३ जनाले मनोनयन फिर्ता लिएपछि निर्वाचनका लागि बाटो सहज भएको हो

केन्द्रीय सदस्यका लागि भने २३९ जनाको मनोनयन दर्ता गरेकामा अब २१६ जनाले निर्वाचन प्रक्रियामा भाग लिने छन् । जेठ १० देखि सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा आइतबारदेखि बन्दसत्र सुरु भएको हो ।

विधान संशोधन गरी केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुने भएको हो । अध्यक्षले अघिल्लो दिन प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमाथि छलफल नसकिएकाले आज पनि छलफल हुनेछ ।

पारित गरिएको विधानमा कार्यसमिति सदस्यको सङ्ख्या १२७ पु¥याइएको छ । यसअघि ४५ सदस्यीय कार्यसमिति थियो । पार्टीलाई समावेशी बनाउनका लागि २० जना केन्द्रीय सदस्यलाई दलित जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतको आधारमा आरक्षणको व्यवस्था गरिएको छ ।

त्यस्तै अध्यक्ष तथा ५० प्रतिशत सदस्यको प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिएको छ । कार्यसमितिको अध्यक्षमा भने वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावतीको उम्मेदवारी कायमै छ । आज बिहान ८ बजेदेखि १२ बजेसम्म निर्वाचन गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us