कमल थापालाई लावतीले टक्कर दिने

काठमाण्डु टुडे २०७१ जेठ १२ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, जेष्ठ १२– राप्रपा नेपालको केन्द्रीय अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापालाई सहअध्यक्ष पद्यसुन्दर लावतीले कडा टक्कर दिने भएका छन् ।
lawatiराजधानीमा जारी प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लापग मंगलबार हुने निर्वाचनका लागि लावतीले थापाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

थापाले संस्थागत निर्णयबिना एकलौटी र मनोमानी ढंगले पार्टी चलाएकाले आफूले उम्मेवदारी दिएको लावतीले बताएका छन् । थापाले सर्वसम्मत अध्यक्ष चुनिने कोसिस गरेका थिए । लावतीको उम्मेदवारीसँगै थापा सर्वसम्मत अध्यक्ष बन्ने समभावना सकिएको छ ।

१ सय २७ सदस्यीय केन्द्रीय सदस्यका लागि भने २ सय ३९ जनाको उम्मेदवारी परेको छ । जसमा २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । हाल ४५ सदस्यीय रहेकाचे कार्यसमितिलाई विधान संशोधने संशोधन गरी १ सय २७ सदस्यीय बनाइएको हो ।

विधानमा अध्यक्षसहित ५० प्रतिशत सदस्य निर्वाचन र अन्यलाई मनोनित गर्ने व्यवस्था छ । निर्वाचन प्रक्रिाय मङगलबार बिहान ८ बजेबाट सुरु हुने केन्द्रीय सदस्य एवम् प्रेस संयोजक मोहन श्रेष्ठले बताए । अध्यक्षले बन्द शत्रमा आइतबार प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमाथि छलफल नसकिएकाले मंगलबार पनि छलफल हुने बताइएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us