किन सारियो चाल्र्स शोभराज मुद्दाको बयान ?

काठमाण्डु टुडे २०७१ जेठ १२ गते १५:०९ मा प्रकाशित

भक्तपुर, १२ जेठ– क्यानेडिली नागरिकको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा चलाइएका अन्तर्राष्ट्रिय विकिनी किलर चाल्र्स शोभराजको मुद्दाको पेशी पुन: सारिएको charlsछ ।
उनको पेसी मङ्गलबारका लागि तोकिएको छ । सो मुद्दामा बहसका लागि सोमबार भक्तपुर अदालत ल्याइएका शोभराजले आफूविरुद्धको मिसिलको थप नक्कल माग गरेर अध्ययन गर्ने समय नपुगेको बताएपछि मंगलबार  १० बजे पुन: बयानका लागि अदालतमा हाजिर हुन न्यायाशीशले आदेश दिएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।

शोभराजमा पक्षमा वकालत गरिरहेकी अधिवक्ता सुकन्तला थापाले भने अदालतसँग मिसिल अध्ययनका लागि एकसाता समय माग गरे पनि समय नदिई मंगलबार नै बयानका लागि अदालतले बोलाएको भन्दै असन्तुष्टि जनाइन् ।
शोभराजले २०३२ साल पुस ६ गते क्यानेडिली नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शवलाई टुक्रा पारेर भक्तपुरको मनोहरा खोलामा फ्याँकेका थिए ।
काठमाण्डुमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोगको सुनुवाइ क्रममा लोरेन्ट हत्यामा समेत चाल्र्सको संलग्नता रहेको तथ्यहरु अदातलतमा पेस भएपछि शोभराजविरुद्ध भक्तपुर जिल्ला अदालतबाट पनि मुद्दा चलाइएको हो ।

सर्वाेच्चले कर्तव्य ज्यान र जाली राहदानी मुद्दाको फैसलामा उनले कैद भुक्तान गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us