
लन्डन, १० जेठ– बेलायतको लन्डन बरो अफ हङस्लोअन्तर्गत होनवर्थ वडामा एक नेपाली काउन्सिलर पदमा विजयी भएका छन् ।
लेवोर पार्टीका तर्फबाट उम्मेदवारी दिएका भूपू गोर्खा विष्णु गुरुङ काउन्सिलर निर्वाचित भएका हुन् । गोर्खा सेनामा१९ वर्ष काम गरेर अवकास प्राप्त गरेका उनी गोर्खा सौरपानी– ६ का स्थायी बासिन्दा हुन् ।
निर्वाचनमा उनले एक हजार एक सय ७० मत ल्याएका थिए । निर्वाचनमा लेवोरबाट तीन, कन्जरभेटिभ तीन, यूकिप तीन र एक स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा थिए । तीन विजयी मध्ये गुरुङ दोस्रो स्थानमा आए ।
आफू भूपू गोर्खा भएका कारण गोर्खा सैनिकहरुको मुद्धामा गम्भीर भएर काम गर्ने बताए । सन् २००६ देखि लेवोर पार्टीमा आवद्ध रहँदै आएका गुरुङ सन् २००९ यता गोर्खा नेपाली कम्युनिटी हङस्लोको अध्यक्ष थिए ।