स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १२:२० मा प्रकाशित

काठमाण्डु, ९ जेठ–  त्रिभुवन विश्वविद्यालयले आगामी १८ जेठका लागि घोषित स्वयवियु निर्वाचन स्थगित  गरेको छ ।

TUकाठमाण्डु, ९ जेठ– त्रिभुवन विश्वविद्यालयले आगामी १८ जेठका लागि घोषित स्वयवियु निर्वाचन स्थगित गरेको छ ।

आफूहरुसँग सल्लाह नै नगरी सत्ता पक्षीय विद्यार्थी संगठनहरुसँग मिलेर एक पक्षीय रुपमा निर्वाचन मिति घोषणा गरेको भन्दै एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीसहित १९ वटा संगठनले देशभरका क्याम्प प्रशासन र लेखा शाखामा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएपछि त्रिविले निर्वाचन स्थगित गरेको हो ।

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा वित्रि पदाधिकारी र १५ विद्यार्थी संगठनका नेताहरुबीच भएको छलफलमा निर्वाचन सार्ने सहित तीन बुँदे सहमति भएको हो । निर्वाचनको अर्को मिति भने तय गरिएको छैन । सहमतिमा त्रिविले जेड १८ मा घोषित निर्वाचन स्थगित गर्ने, तत्काल अर्को निर्वाचन मिति घोषणा गर्ने र १९ विद्यार्थी संगठनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने उल्लेख छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सबै विद्यार्थी संगठनको सहमतिमा त्रिविले निर्वाचन अर्को मिति तोक्ने जानकारी काठमाण्डु टुडेलाई दिए ।
अध्यक्ष शर्माले सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको घोषणा गरे ।

‘त्रिविले सत्ता पक्षका विद्यार्थी संगठनहरुलाई मात्र साथ लिएर निषेधात्मक रुपमा रुपमा अघि बढ्न चाहेको थियो’, शर्माले भने, ‘निर्वाचन स्थगित भएको छ र सहमतिको अर्को निर्वाचन मिति घोष्णा गर्ने कुरा भएको छ ।’ वार्तामा त्रिवि पदाधिकारीले १९ विद्यार्थी ंगठनसँग समन्वय नगरी निर्वाचन मिति घोषणा गरेकामा गल्ती स्वीकार गरेको शर्माले बताए । उनले निर्वाचन स्थगन हुनुले आफूहरुको आन्दोलन न्यायपूर्ण थियो भन्ने सिद्ध भएको जिकिर पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us