एमाओवादीमा कार्यविभाजनबारे छलफल

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १२:१० मा प्रकाशित

काठमाण्डु, ९ जेठ– एकीकृत माओवादीले नेताहरुको कार्यविभाजनबारे छलफल थालेको छ ।
maoist-flagपार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा नेताहरुको कार्यविभाजनबारे छलफल भए पनि निष्कर्ष भने नआएको केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले काठमाण्डु टुडेलाई जानकारी दिए ।

विराटनगर राष्ट्रिय सम्मेलनबाट उत्पन्न सांगठनिक विवाद मत्थर भएलगत्तै एमाओवादीले कार्यविभाजनसम्बन्धी छलफल थालेको हो । बैठकमा केन्द्रीय समितिको एक तिहाई अर्थात ५१ सदस्यीय पोलिट्ब्युरो, पोलिट्ब्युरोको एक तिहाई १७ सदस्यीय स्थायी कमिटी तथा राष्ट्रिय परिषद र सल्लाहकार समिति गठनबारे छलफल भएको थियो ।
त्यसअघि गृहकार्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा शुक्रबार बिहान बसेको बैठकमा पछिल्लो केन्द्रीय समिति विस्तारमा समेत असन्तुष्ट नेता बाबुराम भट्टराईले आफू पक्षधर नेतालाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने बताएका थिए ।

स्रोतका अुनसार उनले टोपबहादुर रायमाझीलाई महासचिवसहित संसदीय दलको नेता र धर्मपत्नी हिसिया यमीलाई कोषाध्यक्ष बनाउनुपर्ने अडान राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us