दश दिनभित्र शिक्षक नियुक्तिका लागि सिफारिस गरिने

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १०:०७ मा प्रकाशित

काठकाण्डु, ९ जेठ – शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि आगामी १० दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ ।

tscउक्त तहका शिक्षकका लागि भएको विज्ञापनअनुसार लिखित तथा मौखिक परीक्षाको नतिजासमेत प्रकाशन भइसकेका अवस्थामा उनीहरुलाई नियुक्तिका लागि सिफारिस गर्न लागिएको हो  । माध्यामिक तहको शिक्षकका लागि उत्तीर्ण भएका शिक्षक यतिखेर नियुक्तिको पर्खाइमा  छन् ।

आयोगले माध्यामिक तहको अधिकांश जिल्लाको अन्तिम नतिजा प्रकाशन गरिसकेको जानकारी गराउँदै आयोगका सहसचिव खगेन्द्रप्रसाद नेपालले नियुक्तिका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा औपचारिक रुपमा पत्राचार गर्ने गरी तयारी भइरहेको बताए ।

शिक्षा सेवा नियमावलीअनुसार आयोगले सिफारिस गरेको ३० दिनभित्र अनिवार्य रुपमा सम्बन्धित शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले नियुक्ति दिएर विद्यालयमा पठाउनुपर्ने व्यवस्था छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us