आइरिस वाणिज्य दूतावास सञ्चालनमा

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ९:४४ मा प्रकाशित

काठमाण्डु , ९ जेठ – नेपाल–आयरल्यान्ड सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले शुक्रबारदेखि आयरल्यान्डको अवैतनिक वाणिज्यदूतावास सञ्चालन भएको छ । यो सँगै  सञ्चालन भएका अवैतनिक वाणिज्यदूतावासको सङ्ख्या ३५ पुगेको छ ।

Ireland आयोजित एक कार्यक्रममा नेपालका लागि आयरल्यान्डका राजदूत फेइलिम म्याग्लौलिन, शिष्टाचार महापाल कालिप्रसाद पोखरलेल र उक्त मुलुकका अवैतनिक वाणिज्यदूत मनोजबहादुर कार्कीले संयुक्त रुपमा सो दूतावासको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा राजदूत म्याग्लौलिनले नेपालसँग आफ्नो देशको सम्बन्ध अत्यन्त सुमधुर रहेको र त्यसलाई नयाँ उचाईमा पु¥याउन नवस्थापित वाणिज्यदूतावास सहयोगी हुने विश्वास व्यक्त गर्दै आयरल्यान्ड र नेपालले संयुक्त राष्ट्रसङ्घजस्ता बहुपक्षीय अन्तर्राष्ट्रिय निकायहरूमा सहकार्य गरिरहेका बताए ।  नेपालसँगको आर्थिक, सामाजिक एवम् राजनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउन आयरल्यान्डले चाहेको बताउँदै उनले नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको सन्दर्भमा आपसी सहकार्यको महत्व अझ बढेको विचार व्यक्त गरे ।

शिष्टाचार महापाल पोखरेलले नेपाल–आयरल्यान्ड सम्बन्धका विविध पक्षबारे चर्चा गर्दैै लगानी, पर्यटन, व्यापारजस्ता पारस्परिक लाभका आर्थिक क्षेत्रमा सहकार्य गर्न जरुरी भएको बताए । गतवर्ष रु एक करोड ६० लाख बराबरका नेपाली उत्पादन आयरल्यान्ड निर्यात भएको तथा उक्त देशबाट रु १३ करोड मूल्यका सामान आयात भएका जानकारी दिइयो ।

अवैतनिक वाणिज्यदूत श्रेष्ठले नेपालको आर्थिक उन्नयनका लागि आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन अपरिहार्य भएको बताउँदै त्यसमा आफ्नो ध्यान केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल र आयरल्यान्डबीच सन् १९९९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । हाल उक्त मुलुकमा करिब पाँचसय नेपाली रहेका बताइएको छ । त्यहाँ रहेका नेपाली पर्यटन व्यवसायमा संलग्न छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us