
काठमाण्डु , ९ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा प्रकास चन्द्र लोहनीले पूर्व सहमति बमोजिम चक्रिय प्रणाली अनुसार लोकेन्द्र बहादुर चन्दलाई पार्टीको नेतृत्व हस्तान्तरण नगरे पार्टीमा दुर्घटना हुने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजित साक्षात्कारमा उनले भने–पूर्व सहमति कार्यान्वयन गरेर पार्टीलाई एक बनाउने कि पार्टी विभाजित गराउने जिम्मा अब अध्यक्ष सूर्यबहादुर थापाको हातमा छ ।
थापा जस्तो सुझवुझ पूर्ण नेताले आन्तरिक सहमति नतोड्ने विश्वास ब्यक्तगर्दै तत्काल नेतृत्व चन्दलाई हस्तान्तरण गरेर पार्टीलाई एक बनाउन आग्रह समेत गरे ।