नयाँ एक सय चार हिमाल खुला

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ६:१४ मा प्रकाशित

काठमाण्डु, ९ जेठ–  पर्यटन मन्त्रालयले नयाँ एक सय चार हिमाल आरोहणका लागि खुला गरेको छ । यी सहित जम्मा चार सय १४ हिमाल आरोहणका लागि खुला भएका छन् ।

yalung khangनयाँ खुला भएका हिमालमध्ये ‘यालुङ खाङ पश्चिम’ आठ हजार मिटर भन्दा बढि उचाई भएको हिमाल हो । जसको उचाई ८ हजार ७७ मिटर रहेको छ ।

नौवटा हिमालको उचाई सात हजार भन्दा माथि रहेका छन् ।

हिमाली पर्यटन बढाउन आरोहणका लागि नयाँ हिमाल खुला गरिएको पर्यटन मन्त्रालयका सह–सचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।

उनले हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकले नयाँ हिमाल चढेर नाम लेखाउन चाहने हुनाले हामीले यो छनोटको अवसर दिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us