फोरम नेपालमा चर्कियो विवाद

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ६:०४ मा प्रकाशित

काठमाण्डु, ९ जेठ–  अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कमिटी पुन: गठन गरेसँगै मधेसी जनअधिकार फोरम, नेपालभित्र विवाद बढेको छ ।
Upendra-Yadavअध्यक्षले आफूहरुसँग सल्लाह नै नगरी कमिटी पुनर्गठन गरेको भन्दै वरिष्ठ नेता भरतविमल यादव, रामचन्द्रराय यादव, अभिषेकप्रताप साह, अरमेशनारायण झा, अर्जुन थापा, मोहम्मद इस्तियाक राई लगायतले एक जर्दन नेताले आपत्ति जनाएका छन् ।

उनीहरुले अध्यक्ष यादवले बोलाएको केन्द्रीय कमिटी बैठकसमेत बहिस्कार गरेका छन् । वरिष्ठ नेता भरतविमल यादवले अध्यक्ष एक्लैले आफूखुसी मनोमानी निर्णय गरेकाले आफूहरुले विरोध गरेको काठमाण्डु टुडेलाई बताए ।

उनले यादवले केन्द्रीय कमिटी पुनर्गठनका  नाममा आफ्नो भजन मण्डली तयार गरेको आरोप लगाए । ‘अध्यक्षजीले पार्टीलाई आफ्नो प्राइभेट लिमिटेडका रुपमा चलाउन खोज्नुभयो’, यादवले भने, ‘भजन मण्डली जम्मा गरेर केन्द्रीय समिति पुन: गठन गर्नुभयो, यसमा हाम्रो आपत्ति छ ।’

उनले पार्टीमा सामूहिक नेतृत्व प्रणाली नभए उनलाई सधैं काँध थापेर बस्न नसक्ने बताए । यादवले केन्द्रीय समिति विस्तार गर्दा अरारुद्धिन खाँ, रंगलाल राजवंशी विष्णु, चोधरीलगायत आधा जर्दन नेतालाई हटाएका थिए । यादवले १५ नयाँ थपेर ६७ सदस्यीय केन्द्रीय समिति पुन:गठन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us