संसदीय सुनुवाई समितिले न्यायाधीशसँग बयान थाल्यो

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ४:४९ मा प्रकाशित

काठमाण्डु, ९ जेठ– संसदीय सुनुवाई विशेष समितिले न्यायापरिषद्वारा सिफारिस ८ स्थायी न्यायाधीशका सम्बन्धमा सुनुवाई सुरु गरेको छ ।
समितिले आज न्यायाधीशमा सिफारिस गरिएका मध्ये वैद्यनाथ उपाध्यायसँग उनीविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको छ ।

पुनरावेदन अदालतमा छँदा आर्थिक प्रलोभनमा परी एकीकृत माओवादी नेता बालकृष्ण ढुंगेललाई ज्यान मुद्धामा सफाइ दिएको विषयमा सभासदले उपाध्यायसँग प्रश्न गरेका थिए । उनले ढुंगेलको मुद्धामा विवकपूर्ण निर्णय गरेको भन्दै आर्थिक प्रभावमा नपरेको बताए ।

बैठकमा न्यापरिषदलाई पठाएको पत्रको जवाफ नआएको भन्दै केही सभासदले आपत्ति जनाएका थिए । विवादास्पद र भ्रष्ट छविकालाई न्यायाधीश सिफारिस गरिएको भन्दै समितिमा रहेका सभासदहरुबीच विवाद भएपछि झण्डै एक महिनापछि सुनुवाइ सुरु भएको हो ।

संसदीय नियमावलीमा न्यायाधीश सिफारिस भएको ३५ भित्र सुनुवाई सक्नुपर्ने वा अस्वीकार गर्नु प्रावधान छ । न्यायपरिषदले न्यायाधीश सिफारिस गरेको आगामी मंगलबार ३५ दिन पुग्दैछ ।

समिति सदस्य रवीन्द्र अधिकारीले भ्याएसम्म आजै सबै ८ जनासँग सोधपुछ गरिसक्ने बताए । दिउँसो १ बजे संविधानसभाको बैठक भएकाले ३ बजेबाट बाँकी न्यायाधीशको सुनुवाइृ थाल्ने जानकारी अधिकारीले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us