
इलाम, ९ जेठ – जिल्ला कारागार इलाममा कैदीबन्दीबीच एकआपसमा झगडा बढ्न थालेपछि कारागार प्रशासनले सिसी क्यामेरा जडान गरेको छ ।
इलाम, ९ जेठ – जिल्ला कारागार इलाममा कैदीबन्दीबीच एकआपसमा झगडा बढ्न थालेपछि कारागार प्रशासनले सिसी क्यामेरा जडान गरेको छ ।
कारागारभित्र हुने अवाञ्छित क्रियाकलापको निगरानी र अपराध नहोस् भन्ने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको हो ।
कारागारका विभिन्न भागमा १४ वटा सिसी क्यामेरा जडान गरिएको छ । कैदीबन्दीका क्रियाकलापको नियमित अनुगमन गर्नका लागि क्यामेरा जडान गरिएको सहलेखापाल खगेन गुरुङले बताए ।
कैदीले खेल्ने मैदानमा तीनवटा, क्यारामबोर्ड, लुडो खेल्ने ठाउँमा एक–एकवटा छत, खाना पकाउने किचेन, सुत्ने कोठा, प्यासेज लगायतका ठाउँमा क्यामेरा जडान गरिएको छ । ‘कैदीले के गरिरहेको छ, निगरानी गर्न सजिलो होस् भनेर सिसी क्यामेरा जडान गरेका हौँ”–गुरुङले भने ‘कारागारमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज होस् भन्ने मुख्य उद्देश्य हो ।’
तीन लाख रूपैयाँमा क्यामेरा जडान गरिएको बताइएको छ । बिहान, दिउँसो र रातको जुनसुकै समयमा पनि अनुगमन जारी रहने कारागार शाखाले जनाएको छ । क्यामेरा राखेपछि कैदीबन्दी सतर्क रहेका छन् । सिसी क्यामेराको गतिविधि नियाल्न चौबिसँै घण्टा एक कर्मचारी रहने गरेका छन् ।