उपचुनावका लागि कांग्रेसले उम्मेदवार तोक्यो

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १:३० मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ९ जेठ – संविधानसभाको उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार तोकेको छ ।

बिहीबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले आगामी ८ असारमा चार क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोकेको हो । कांग्रेसले काठमाण्डु २ मा दीपकप्रसाद कुइँकेल, चितवन ४ मा रामकृष्ण घिमिरे, बर्दिया १ मा सोदे बिष्ट र कैलाली ६ मा पुष्करनाथ ओझालाई उम्मेदवार बनाएको छ ।

कुइँकेल महामन्त्री प्रकाशमान सिंहनिकट मानिन्छन् भने घिमिरे र बिष्ट संस्थापन तथा ओझा देउवा पक्षका हुन् ।

४ मंसिरमा सम्पन्न संविधानसभाका निर्वाचनमा कांग्रेसका तर्फबाट दुई दुई स्थानबाट चुनाव जितेपछि सभापति सुशील कोइरालाले चितवन ४ र वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली ६मा छोडेका थिए ।

त्यस्तै एमाले नेता माधवकुमार नेपालले काठमाण्डु २ र उपाध्यक्ष बामदेव गौतमले बर्दिया १ मा छोडेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us