कञ्चनजंघा हिमालमा दुई नेपाली र एक विदेशी पुरिए

काठमाण्डु टुडे २०७१ जेठ ८ गते १२:४० मा प्रकाशित

ताप्लेजुङ, ८ जेठ– विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका लागि गएका दुई स्वदेशी पर्यटकसहित तीन जनाको हिमपातका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेममा संखुवासभा ताम्कु–५ का २४ वर्षीय तेम्बा शेर्पा, २८ वर्षीय दावा वाङजु शेर्पा र ३५ वर्षीया भारतीय महिला चन्दा गायनको मृत्यु भएको हो ।

पाँचौ बेसक्याम्पतर्फ जाने क्रममा ७ हजार ३ सय मिटरको याङला भन्ने स्थानमा उनीहरुलाई हिउँले पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निरीक्षक कृष्णदेव चौधरीले बताए । टोलीमा रहेका संखुवासभाकै ङतासी शेर्पा र फुर्तेम्बा शेर्पा सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिकुल मौसमका कारण शव निकाल्न नसकिएको चौधरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us