हवाई आक्रमणमा ८० भन्दाबढी आतङ्ककारीको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ७ गते १२:२० मा प्रकाशित

इस्लामाबाद, ७ जेठ – पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र उत्तरी वाजिरिस्तानमा बुधबार बिहान पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा ८० भन्दा बढी आतङ्कककारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

उत्तरी वाजिरिस्तानको मिरानहसाह, मिर अली र बोया सहरको आदीबवासी इलाकामा आतङककारी लुकेर बसेको क्षेत्रलाई लक्ष्यगरी सो आक्रमण गरिएको पाकिस्तान सैनिकले जनाएको छ ।
सो आक्रमण सेनाको हेलिकोप्टरबाट गरेको पाकिस्तानको उर्दु टेलिभिजन च्यानलले बुधबार जनाएको छ । लुकेर बसेका आतङ्ककारीलाई लक्ष्यगरी सेनाको जेट र हेलिकोप्टरबाट आक्रमण गरिएको जनाइएको छ ।

सो आदीवासी क्षेत्रमा रहेका विद्यालय र विश्वविद्यालयका बुधबार हुने भनिएका सबै परीक्षा समेत रद्द गरिएको समाचारमा उल्लेख छ ।

सेनाद्धारा गरिएको यस भिषण कारबाहीमा सो क्षेत्रमा रहेका कयौं घरहरु ध्वस्त गरिएको समाचारमा जनाइएको छ । यस हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या वृद्धि हुन सक्ने समेत सैनिक स्रोतले अनुमान गरेको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us