अमेरिकामा नेपाली नारी लेखन मञ्च स्थापना

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ३:३१ मा प्रकाशित

न्यूयोर्क– साहित्यका विभिन्न विधाहरुको माध्यमवाट महिलाका हकहित र उत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मञ्च स्थापना भएको छ । केही दिनअघि भएको कार्यक्रममा साहित्यकार नीलम कार्की निहारिकाको अध्यक्षतामा  मञ्च स्थानपना भएको हो ।

मञ्चको उपाध्यक्षमा सीता पाण्डे ( अमेरिका), सीता पोखरेल (अमेरिका) महासचिवमा उषा ज्ञवाली (अस्ट्रेलिया ) सचिव निर्मला खड्का (ईजरायल ) कोषाध्यक्ष, र सदस्यहरुमा क्रमश : आचार्य प्रभा (अमेरिका ) ,गीता पन्थ (अमेरिका ), ज्योति पौडेल (अमेरिका ), नम्रता गुरागाई (अमेरिका ), संगीता मरहठ्ठा (युके ), डा.शान्ति क्षेत्री (भारत), सीता सापकोटा ( बेल्जियम ) ,सुमित्रा पौडेल ‘आचल’( ईजरायल ), र सरु पोखरेल (नेपाल) रहेका छन् ।
ठूलो संख्यामा विश्वभर छरिएर रहेका नेपाली नारीको नारीलेखनलाई समेट्न यसप्रकारको संस्थाको आवश्यकता महसुस गरिएको अध्यक्ष कार्कीले बताइन् । नवगठित कार्यसमितिका तर्फबाट जारी गरिएको विज्ञप्तिमा नारीवर्गका सामाजिक, धार्मिक र संस्कारगत अपठ्यारा र उत्पीडनका बिषयहरुलाई साहित्यिक अभिव्यक्तिका माध्यमबाट समाजमा चेतना जगाउन प्रयास गर्ने सस्थाको उद्देश्य रहेको उल्लेख छ ।

संसारभरिकै नारीले शिकार हुनु परेको बलात्कार विषयमाथि स्थापनाको पहिलो वर्ष आफ्नो लेखन र कार्यक्रमलाई केन्द्रित गर्दै आफ्ना साहित्यिक गतिविधिहरु संचालन गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us