तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न अनेरास्ववियुको माग

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ४:२३ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– एमाले सम्वद्ध अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने माग गरेको छ ।
flag of akhilअनेरास्ववियुका कार्यकर्ताले तोकिएकै मितिमा स्ववियु चुनाव गर्न दबाब दिँदै सोमबार देशभरका क्याम्पसमा धर्ना दिए ।

उनीहरुले तोकिएकै मितिमा निार्वचन हुनुपर्ने भन्दै याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् । त्रिवि प्रशासनले आगामी जेठ १८ गतेका लागि स्ववियु निर्वाचन मिति घोषणा गरेको छ ।

सरकारमा रहेका काँग्रेस र एमाले समर्थित विद्यार्थीहरुसँग मात्र छलफल गरी मिति तय गरिएको भन्दै एकीकृत माओवादी र नेकपा–माओवादी सम्वद्ध अखिल क्रान्तिकारीसहित केही विद्यार्थी संगठनले उक्त मितिमा निर्वाचन नगराउन आग्रह गर्दै आएको छ ।

आफूहरुलाई पेलेर जवर्जस्ती निर्वाचन भए बहिस्कार गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us