उत्तरी नाइजेरियामा विस्फोटमा परी पाँचको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – नाइजेरियाको उत्तरी सहर कानोमा आइतबार अबेर राति भएको एक बम विस्फोटमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।

क्रिस्चियन समूदायको बलियो प्रभाव रहेकोे क्षेत्रमा विस्फोटन भएको जनाइएको छ ।स्थानीय समयाअनुसार आइतबार ९ः३० बजे बेलुका कानो राज्यको प्रान्तीय राजधानी सहर कानोको सबोनगरी क्षेत्रमा सो विस्फोटन भएको प्रहरी प्रवक्ता मुसा मजियाले बताउनु भएको छ ।

यस बम विस्फोटको हालसम्म कुनै पनि संगठनले जिम्मा लिएको छैन । तर नाइजेरियामा यस प्रकारको आतङकका घटना प्रायः बोको हराम आतङ्ककारी समूहले गर्ने गराउने हुनाले यस आक्रमणमा पनि यसैको हात रहेको प्रहरीले अनुमान गरेको छ ।

यसै इलकामा गत बर्ष बोको हराम आतङ्ककारी समूहले गराएको दुई वटा भिषण आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us