
मोरङ , ५ जेठ – मोटरसाइकलको ठक्करबाट विराटनगरमा रामजानकी चोककी जुनिया यादवको मृत्यु भएको छ ।
विराटनगर–२१ स्थित रामजानकी चोकमा ५५ वर्षीया यादवलाई को ६प८८९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकीमा तत्काल न्युरो अस्पताल उपचारका लागि लगिए पनि केही समयपछि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।