तीन सय २३ थान सकेट बम बरामद

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ४:२८ मा प्रकाशित

जाजरकोट, ५ जेठ– जाजरकोट प्रहरीले ३ सय २३ थान द्वन्द्वकालीन जिआई सकेट बम बरामद गरेको छ ।
प्रहरीले सुवानाउली–२ अफगानका जयबहादुर थापाको घरबाट बम बनाउने सकेट बम बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
थापाले पुरानो घर भत्काएर नयाँ घर निर्माण गर्न लाग्दा सकेटको बोरा फेला पारेको प्रजिअ पाण्डेले बताए । तत्कालीन माओवादीले द्वन्द्वकालमा बम बनाउन प्रयोग गरिने उक्त सकेट बम थापाको घरमा बोरामा लुकाएर राखेको आशङ्का गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us