राजधानीमा फेरि पेट्रोलियम अभाव

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ३:३८ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– काठमाण्डु उपत्यकामा फेरि इन्धन अभाव भएको छ ।
oilभारतमा भएको निर्वाचनका कारण ढुनावी प्रभावित भएकाले इन्धन अभाव भएको नेपाल आयल निगमले जनाएको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले भारतमा भएको लोकसेवा निर्वाचनका बेला रेल्वे सेवा अवरुद्ध भएका कारण इन्धन आपूर्ति हुन नसकेको बताए ।

निर्वाचनका बेला बेलारेल्वे सेवा अवरुद्ध भएका कारण रक्सौल नाकामा तेल ढुवानी हुन नसकेका कारण इन्धन अभाव भएको उनको भनाइ छ । निर्वाचन परिणाम सार्वजनिक भएसँगै रेल सेवा सुचारु भएकाले तेल पेट्रोलियम ढुवानी सुरु भएको जानकारी घिमिरेले दिए ।

उनले रक्सौलबाट गएराति तेल लिएर हिंडेका ट्याङ्कर आज राजधानी आइपुग्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us