
रौतहटको चन्द्रपुर–२ गैंडाटारमा दूषित पानीका कारण फैलिएको हैजाबाट करिब ४ सय जना बिरामी परेका छन् ।
डेढ सातायता फैलिएको हैजाका कारण एक बालिकाको आज बिहान मृत्यु भएको छ । हैजाका कारण १३ वर्षीया मइस्याङ सेङताको मृत्यु भएको हो ।
जिल्लाको चन्द्रनिगाहपुरबाट गएको चिकित्सकसहितको स्वास्थ्य टोलीले उपचार गराइरहेको भए पनि अझै हैजा नियन्त्रणमा आउन सकेको छैन । बिरामीमध्ये गम्भीर अवस्थाका १२ जनालाई भरतपुर रेफर गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
खोलाको पानी पिएका कारण स्थानीय बासिन्दा हैजाको चपेटामा परेका हुन् । पिउने पानी नहुँदा सर्वसाधारण खोलाको पानी खान बाध्य छन् ।