पत्रकारमाथि दुब्र्यवहार

काठमाण्डु टुडे २०७१ जेठ ४ गते ८:०९ मा प्रकाशित

काठमाडु,४ जेठ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाकी सदस्य निर्जना भट्ट एक अपरिचित ब्यक्तिको दुब्र्यवहारमा परेको भन्दै शाखाले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार भट्टलाई जेठ ३ गते बेलुका बनस्थली स्थित कोठामा अपरिचित ब्यक्ति पसि यौनजन्य शब्दमा दुब्र्यबहार गर्नुको साथै कोठामा रहेका ल्यापटप तथा क्यामेरा तोडफोड गरिदिएको अध्यक्ष न्यौपानेद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

शाखाले दोषीलाई कानुनी कारवाही र संचार सामाग्री तोडफोडको उचित क्षतिपुर्ति दिन सरकार समक्ष माग पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us