प्रवेशिकाको उत्तरपुस्तिका केन्द्रमा आउन थाले

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १:४२ मा प्रकाशित

काठमाण्डु, ४ जेठ – परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा सञ्चालन गरेको प्रवेशिका परीक्षाको उत्तरपुस्तिका सम्बन्धित परीक्षण केन्द्रबाट परीक्षण भई कार्यालयमा आउन थालेका छन् ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार ६४ परीक्षण केन्द्रमध्ये हाल २३ केन्द्रबाट परीक्षण भई प्राप्त उत्तरपुस्तिकामा इन्ट्री सुरु गरिएको र आउँदो असारको पहिलो साता नतिजा प्रकाशन गर्ने तयारी भएको छ । कार्यालयले प्रति उत्तरपुस्तिका परीक्षणका लागि रु १५ र सम्परीक्षणका लागि रु चार प्रदान गर्ने व्यवस्था गरेको छ ।

परीक्षामा नियमित र एक्जाम्टेडतर्फ गरी पाँच लाख ६६ हजार ८५ परीक्षार्थीले फाराम भरेकामा नियमिततर्फ चार लाख १९ हजार तीन सय ५२ र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार सात सय ३३सहभागी थिए । परीक्षा बोर्डको नीतिअनुसार परीक्षा सम्पन्न भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us