भट्टराईले मागे वरिष्ठ नेता

काठमाण्डु टुडे २०७१ जेठ ३ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ३ जेठ – एमाओवादी नेता बाबुराम भट्टराईले आफूलाई वरिष्ठ नेता दिए केन्द्रीय समितिमा बस्ने बताएका छन् ।

Baburam-Bhattarai_20110602084615भट्टराई निवास सानेपामा शुक्रबार बसेको उनी निकट प्रस्तावित १५ जना केन्द्रीय सदस्यले सो अडान प्रस्तुत गरेका हुन् । उनीहरुको मागमा नेता टोपबहादुर रायमाझीलाई महासचिव, नेतृ हिसिला यमीलाई पदाधिकारी र पार्टीका अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने लगायतका माग अघि सारेका छन् ।

आफ्ना मागहरुको संवोधन भए आफूहरु सोमबार बस्ने केन्द्रीय कमिटीको बैठकमा जाने तयारीमा भट्टराई पक्ष देखिएको छ । संस्थापन  पक्षका एक केन्द्रीय नेताले भने भट्टराई पक्षले आफूलाई पदलोलुप नभएको बताउँदै आएपनि अहिले पदाधिकारीमा दाबी गर्नु अस्वभाविक भएको जनाएका छन् ।

उनले भट्टराई पक्षको पछिल्लो सर्त पार्टीमा पूरा हुने सम्भावना कम रहेको पनि बताएका छन् । .

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us