स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशकसहित ६ पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २ गते ९:४७ मा प्रकाशित

helthकाठमाण्डु, २ जेठ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशकसहित ६ जनालार्इ पक्राउ गरेको छ ।

सुत्केरीको औषधी खरिदमा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
अख्तियारले स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक मिङमार गेल्जेन शेर्पा, आपुर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख हाल राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण महाशाखाका प्रमुख नरेश प्रताप केसी, आपुर्ति व्यवस्था महाशाखाका तत्कालिन वरिष्ठ निर्देशक हाल बालस्वास्थ्य महाशाखाका वरिष्ट जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर चन्द, तत्काल आपुर्ति व्यवस्था महाशाखामा कार्यरत हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य अधिकृत पवन प्रसाद कोईराला, तत्काल आपुर्ति व्यवस्था महाशाखा हाल स्वास्थ्य सेवा विभाग ईपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत राम सुन्दर यादव, आपुर्ति व्यवस्था महाशाखाका जनस्वास्थ्य निरीक्षक हिमलाल ज्ञवाली समेतलाई हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले स्वास्थ्य सेवा विभागका महानिर्देशक लखनलाल साह तथा आपुर्ति व्यवस्था महाशाखा टेकूका प्रमुख तारानाथ पोख्रेल समेतको संलग्नता रहेको पाइएको भन्दै निलम्बन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us