
काठमाण्डु, २ जेठ – गृहमन्त्री बामदेव गौतमको सल्लाहकार हुँ भन्दै हिड्नेलाई प्रहरीले पक्रेको छ । आफूलाई गृहमन्त्री गौतमको सल्लाहकार बताउने बिराज विष्ट नाम गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
गृहमन्त्रीको प्रेस सहयोगी विश्वमणी सुवेदीले काठमाण्डु टुडेलाई भने सिंहदरवारभित्र सल्लाहकार भन्दै हिड्ने गरेका बिष्ट पक्राउ परेका हुन् ।
आफू गृहमन्त्री वामदेव गौतमको सल्लाहकार विजयराज विष्ट हुँ भन्दै उनी इमाडोल गाविस कार्यालयमा नागरिकताको प्रतिलिपी बनाउन गएका बेला पक्राउ परेका हुन् । उनी ललितपुर बस्दै आएका छन् ।
गृहमन्त्रीको सल्लाहकार हुँ भनेपछि गाविस सचिव महेन्द्रजंग शाहीले शंका लागी प्रहरीलाई खबर गरेका थिए ।