खेत जोत्दा बम भेटियो

काठमाण्डु टुडे २०७१ जेठ १ गते १३:५१ मा प्रकाशित

सिरहा, १ जेठ – सिरहाको रामपुरविर्ता गाविस–६ स्थित खेतमा आज दिउँसो ट््याक्टरले हलो जोत्ने क्रममा दुई थान वेवारिसे सकेट बम फेला परेको छ ।

सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले रामपुरविर्ता गाविसका सत्यनारायण ठाकुरको खेतमा दुई थान पुरानो सकेट बम फेला परेको बताए ।

उनले भेटिएको बम नयाँ श्रीनाथ गण चोहर्वाबाट सेनाको प्राविधिक टोली घटनास्थल पुगेर निस्क्रृय पारेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us