देश सङ्कट नै सङ्कटको चक्रब्यूहमा –अध्यक्ष थापा

काठमाण्डु टुडे २०७१ जेठ १ गते १२:५१ मा प्रकाशित

भक्तपुर, १ जेठ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन ठूला दलका कारण देश सङ्कट नै सङ्कटको चक्रब्यूहमा फस्दै गएको धारणा राखेका छन् ।

Kamal-Thapa-Raprapa-Nepalपार्टीको प्रथम भक्तपुर जिल्ला अधिवेशनको वुधबार उद्घाटन गर्दै उनले भने “काँग्रेस, एमाले र एमाओवादीको अर्कमन्यता, सत्ता लिप्सा देशको सङ्कटको मुख्य कारण हुन्, यिनीहरूले अब देशको समस्या समाधान गर्न सक्दैनन् ।”

प्रशासनिक संयन्त्र, सुरक्षा निकाय, शिक्षा क्षेत्रमा पार्टीगत भागबण्डा गर्दैै आएका तीन दलले अहिले न्यायालयमा समेत पार्टीगत भागबण्डा गरेर देशले समस्याबाट मुक्ति पाउन नसकेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us