बाँके, १ जेठ – माछा मार्ने क्रममा खोलामा डुबेर बाँके जिल्लाको चिसापानीमा दुई महिलाको गए राति मृत्यु भएको छ ।
चिसापानी–५ स्थित थारुबास खोलामा माछा मार्ने क्रममा डुबेर स्थानीयवासी ३२ वर्षीय लक्ष्मी बुढा र ३५ वर्षीया शान्ताकुमारी बस्नेतको मृत्यु भएको हो । बालबच्चासहित नुहाउन र माछा मार्न खोलामा गएका उनीहरु पोखरीमा डुबेको कोहलपुर प्रहरीले जनाएको छ ।