
काठमाण्डु, १ जेठ – नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल स्वास्थ्य उपचारमा छन् ।
दलका नेता ओली स्वास्थ्योपचारका क्रममा थाइल्यान्डको बैंककस्थित बु्रमरुमगार्ड अस्पतालमा वैशाख १७ गतेदेखि र वरिष्ठ नेता नेपाल फोक्सो र पिसाबमा समस्या भएपछि बुधबारदेखि वीर अस्पतालमा उपचाररत छन् । उनीहरु दुवै एमालेको आसन्न महाधिवेशनका अध्यक्ष पदका प्रत्याशी हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले एक साक्षात्कारमा भने, “अध्यक्ष पदका प्रत्याशी दुवै नेता अस्पतालमा छन्, उनीहरुको स्वास्थ्यस्थिति सुधार भइरहेको छ, म आज संसदीय दलको बैठकमा भाग लिएर आएँ, अर्काे बैठकको अध्यक्षता ओलीले गर्नेछन् , उनको स्वास्थ्य स्थितिका बारेमा मैले दिनहुँ जानकारी लिँदैछु, उनको स्थिति सामान्य बन्दै गइरहेको छ, वरिष्ठ नेता नेपालको स्वास्थ्य अवस्थाका बारेमा आजै वीर अस्पतालमा गई जानकारी लिएँ”, उनले भने ।