हुनेवाला श्रीमतिलाई राजेश हमालले आमाका गहना लगाइदिए

काठमाण्डु टुडे २०७१ जेठ १ गते ५:५० मा प्रकाशित

rajesh-madhu-2काठमाण्डु- धरान सुनसरीकी मधु भट्टराईसँगको नौ बर्षको अफेयर पश्चात नायक राजेश हमालले मधुलाई बिहेको प्रस्ताव गरेका छन् ।

काठमाण्डुको होटल शंकरमा सञ्चारकर्मी तथा स्व। बाबुआमाको तस्विर साक्षी राखी बैबाहिक प्रस्ताव गरेका हुन् । मधुले मौन रुपमा हमालको प्रस्ताव स्विकार्दै बिहेको लागि राजी भएकी छिन् ।

जेठ १४ गते रिसेप्सन पार्टीको मिति तोकिसकिएको छ तर बिवाह मिति भने पक्का भएको छैन । उक्त अवसरमा जेठको ९ या १० गतेमा एकदिन बिहे मिति तोकिने बताए ।

आफन्त जम्मा भइनसकेकोले मिति तोक्न बाँकी रहेको उनले बताए । राजेशले आफ्नी स्व। आमाका गहना मधुलाई लगाईदिएका छन् । आमाको इच्छा बुहारीलाई आफ्ना गहना दिने भएकोले बिशेष उपहार भन्दै मधुलाई गहना पहिर्‍याईदिएका हुन् ।

पहिले(पहिले मधुको बारेमा बोल्ने अधिकार नभएको बताउने हमालले बुधवार भने मधुसँग अनुमति लिएर विगत बारे केहि खुलेका थिए । झण्डै नौ बर्ष अघि मई २८ तारिकमा मधु हमालको पहिलो भेट भएको थियो ।

पाँचतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको थियो । राजेशले आफ्नो भिजिटिङ् कार्ड मधुलाई दिएका थिए भने मधुले पहिलो फोन गरेकी थिइन् ।

औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो । आफ्नै शैलीमा मधुसँग वैवाहिक सहयात्राका निम्ति औपचारिक प्रस्ताव राखेका हमालको बिहे चर्चाले बर्षौँदेखी चर्चा पाईरहेको थियो ।

विवाह ठूलो स्वरूपमा नगरी पारिवारिक सदस्यलाई मात्र निम्त्याईने हमालले बताए । तर मधुले भने केहि बोलिनन् । उनले एकनाशले सबैकुरा सुनिमात्र रहिन् ।

यसअघि आफ्नी प्रेमिकासम्बन्धी समाचार सार्वजनिक भए पनि उनले आफ्नो प्रेम सम्बन्धलाई नितान्त निजी र गोप्य राख्दै आएका थिए । ज्योतिषीले केही बाधा भएकाले सन् २०१४ वा विसं २०७१ मा विवाह गर्न उपयुक्त भएको सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us