एमाले संसदीय दलको बैठक चल्दै

काठमाण्डु टुडे २०७१ जेठ १ गते ५:१० मा प्रकाशित

काठमाण्डु, १ जेठ – एमाले संसदीय दलको बैठक बानेश्वरमा बसिरहेको छ ।

झलनाथ खनाल चीन भ्रमणमा, संसदीय दलका नेता केपी ओली उपचारको लागि थाइल्याण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल विरामी भएर राजधानीको वीर अस्पताल भर्ना भएको बेला संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

एमालेभित्र संसदीय दलको नेता चयन भएपनि उपनेता, प्रमुख सचेतक र सचेतको निर्वाचन भएको छैन ।
संसदीय दलको नेतामा ओली निर्वाचित भए पनि अहिले सम्म उनको अध्यक्षतामा बैठक बस्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us