सर्वोच्चको आदेशपछि सभासद बन्न को को रोकिए

काठमाण्डु टुडे २०७१ जेठ १ गते १:३२ मा प्रकाशित

काठमाण्डु, १ जेठ – सर्वोच्चको फैसलाबाट २६मा मनोनय हुन आकांक्षा राख्ने कांग्रेसका केही प्रभावशाली नेताहरु पनि प्रभावित भएका छन् ।

प्रधानमन्त्रीनिकट कांग्रेस प्रवक्ता दिलेन्द्र बडू २६ मा पर्न निक्कै इच्छुक थिए । तर उनको संभावना टरेको छ । यसैगरी चर्चामा रहेका आमोदप्रसाद उपाध्याय र दीपकुमार उपाध्याय पनि रोकिने पक्का जस्तै भएको छ ।

पत्रकारद्वय हरिहर विरही र धर्मेन्द्र झाको पनि सपनामा तुषारापात भएको छ । उनीहरु दुवै समानुपातिकको सूचीमा थिए । यसैगरी फैसलाबाट रामेश्वर खनाल, डिला संग्रौला, दिव्यमनि राजभण्डारी, लक्ष्मण बस्नेत, तिलक रानाभाट, शशि अग्रवाल, महेश जाजू, सुरेन्द्र पाण्डे, राजनप्रसाद पन्तलगायतका नेताहरु नपर्ने संभावना बढेको छ ।

एमालेमा महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल, र पोटिलव्युरो सदस्य वेदुराम भुसाललगायत मनोनित कोटामा पर्ने चर्चा पार्टीपंक्तिमा थियो ।

महासचिव पोखरेल र सचिव पोखरेलले भने नाम चर्चामा आए पनि आफूहरु चुनाव हारेकोले मनोनीत कोटामा नजाने बताएका थिए ।

सर्वोच्च अदालतको फैसलापछि उनीहरु तीनैजनाको संभावना अन्त्य भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us