बेल्जियको संसदीय चुनावमा नेपाली उम्मेदवार

काठमाण्डु टुडे २०७१ वैशाख ३१ गते ११:११ मा प्रकाशित

बेल्जिय, ३१ वैशाख– युरोपियन मुलुक बेल्जियममा आगामी २५ मे मा हुने संसदीय निर्वाचनमा नेपाली मुलका वीरमान घर्तीमरगले उम्मेदवारी घोषणा गरेका छन् ।
birmanउनी वक्र्स पार्टीका तर्फबाट दोस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । अघिल्लो निर्वाचनमा उनले सम्मानजनक मत ल्याएका थिए ।  रोल्पाको शेरम गाविस घुसवाङका मगर नेपालमा छँदा कराँतेका राष्ट्रिय खेलाडी थिए । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकसमेत जितेका थिए । वर्कर्स पार्टी प्रवासीहरुको समस्यामा गम्भीर रहेकाले उक्त पार्टीबाट उम्मेदवार बन्न लागेको मगरले बताए ।

किन रोजे वीरमानले वर्कर पार्टी ?
वीरमान घर्तीर्मगर जुझारु युवा हुन् । नेपालीहरुको बेल्जियममा बस्ने अधिकारका लागी आन्दोलनको दौरानमा यो पार्टीसंग नजिक भएका हुन् । सो पार्टीले सशक्त रुपमा बैधानिकताको आवाज नउठाएको भए थुप्रै नेपाली नेपाल फर्कन बाध्य हुने थिए । सन् २०० अघि २६ वर्षसम्म कुनै पनि आप्रावसीलाई वैधानिकता दिइएको थिएन । किनकी कुनै पनि पार्टीले यो विषयलाई मुद्धा नै बनाएका थिएनन् ।

तर सन २००० पछि जब वर्कस पार्टीको सहयोगमा आन्दोलनहरु हुन थाल्यो आप्रावसीहरुको मुद्धा बेल्जिममा प्रमुख मुद्धाका रुपमा अगाडि आयो । २००४ देखि २००७ सम्म पटकपटक कानुनहरु परिमार्जन गर्दै आप्रवासीहरुलाई वैधानिक गराउन बेल्जियम सरकार बाध्य भएको थियो । आन्दोलनलाई निरन्तरता दिने र आप्रवासीको मुद्धालाई नछाडेको कारणले नै वीरमान यो पार्टीलाई रोज्न पुगेका हुन् ।

हुन त यहाँ अरु पार्टीबाट पनि दुई नेपालीहरु चुनाव लडेका छन् । वीरमान भन्छन् चुनाव लड्नु गौरव पनि हो । उच्च राजनीतिक चेतना पनि हो तर भोट हाल्दा आफ्नो विगत भुल्न नहुने र दु:खमा बेल्जियमको कुन पार्टी हाम्रो साथमा छ र अहिले पनि निरन्तरता कुन पार्टीले दिएको छ भन्नेमा सचेत रहनु पर्नेमा जेड दिन्छन् । चुनाव हार्न सकिन्छ तर ईमान्दारितालाई हराउन नहुनेमा जोड दिन्छन् वीरमान घर्तीर्मगर ।

बेल्जियम पूर्ण सामुनुपातिक चुनावी प्रणाली भएको देश हो । ठूला पार्टीले टिकट दिँदैमा चुनाव जितिने र सानो पार्टीबाट हारिने भन्ने नहुने भएकाले आफूलाई सम्पूर्ण नेपाली तथा अन्य आप्रवासीले मत दिनेमा विश्वस्त छन् । यदि वर्कस पार्टीको कुनै पनि संसदले बेल्जियमको संसदमा प्रवेश पाएमा आप्रासीमाथि हुने भेदभाव अन्त्यका लागी सरकारलाई बाध्य पारिने सो पार्टीको दाबी छ । बेल्जियमा रहेका आप्रवासी नेपालीहरुका समस्याको किनारा लगाउन घर्तीमगरलाई मत दिन वर्कर्स पार्टीले अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us