
काठमाण्डु, ३१ वैशाख– न्यायपरिषद्का एक सदस्य एमाले स्थायी समितिमा बैठकमा सहभागी हुन पार्टी मुख्यालय बल्खु पुगेका छन् ।
सर्वोच्चका ८ अस्थायी न्यायाधीश नियुक्तिसम्बन्धी प्रकरण चर्किएका बेला परिषद् खेमनारायण ढुंगाना बुधबार पार्टी मुख्यालय पुगेका हुन् ।
एमालेनिकट उनी कानुन व्यवसायीका तर्फबाट परिषद् सदस्य नियुक्त भएका हुन् । ढुंगाना एमाले कानुन विभागले आयोजना गरेको छलफलमा सहभागी भए । भ्रष्ट र विवादास्पद छवि भएकालाई न्यायाधीश सिफारिस गरेको भन्दै एमालेमा उनलाई फिर्ता बोलाउन दबाब परेको थियो ।
संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषद्का सदस्यहरुलाई न्यायाधीश सिफारिस सम्बन्धमा बुभ्न बोलाएको भोलिपल्ट ढुंगाना एमाले मुख्यालय पुगेका हुन् ।