आजदेखि लोडसेडिङ घट्यो

काठमाण्डु टुडे २०७१ वैशाख ३१ गते ४:०३ मा प्रकाशित

Loadshedingकाठमाण्डु, ३१ वैशाख –नेपाल विद्युत् प्राधिकरणले आजदेखी लागू हुनेगरी दैनिक दुई घन्टाले लोडसेडिङ घटाएको छ । प्राधिकरणले हालको विद्युत् भार कटौती दुई घन्टाले घटाएको हो ।

नदीहरुको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएको तथा कुलेखानी जलाशयको पानी सञ्चितिलाई अधिकतम् सदुपयोग गर्दै थप दुई घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको प्राधिकरणको प्रसारण महाशाखाले जनाएको छ ।

प्राधिकरणको नयाँ तालिका अनुसार अब सातामा ७० घन्टासम्म लोडसेडिङ हुने छ ।

प्राधिकरणले यसअघि सातामा ८४ घन्टा सम्म लोडसेडिङ गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us