
काठमाण्डु, ३० वैशाख – मलेसियाको केलाङमेरुस्थित एक कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ ।
मेरुमा रहेको जिएक्स ग्लोवे कम्पनीमा कार्यरत सर्लाहीका नाम नखुलेका युवाको मृत्यु भएको हो । रातिको काम सकेर कम्पनीबाट होस्टेल फर्कंदै गर्दा बाटो काट्ने क्रममा सडक दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो ।
कारले ठक्कर दिँदा घाइते भएका उनको विपरीत दिशाबाट आएको अर्को कारले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको हो । उनको शव हाल केलाङ अस्पतालमा राखिएको छ । त्यसैगरी, सप्तरी घर भएका चन्दन सरदारको पनि अचानक मृत्यु भएको छ । बेलुकासम्म कोठामा रहेका उनी साँझ मुटु दु:खेको भन्दै सिकिस्त भएका थिए । उनको उपचारका लागि एम्वुलेन्स बोलाए पनि तत्काल मृत्यु भएको थियो ।
उनको शवलाइ केलाङ अस्पतालमा राखिएको छ ।