
काठमाण्डु, २९ वैशाख– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सोमबार दक्षिण कोरिया गएका छन् ।
नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं वार्षिक समारोहमा भाग लिन उनी सोमबार दिउँसो साढे १ बजे थाई एयरवेजबाट त्यसफर्त प्रस्थान गरेका हुन् ।
उनी नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं वर्षगाँठका अवसरमा १ जेठमा त्यहाँ हुने कार्यक्रममा सहभागी हुनेछन् । पाण्डेले कोरियामा रहँदा त्यहाँस्थित नेपाली दूतावासले सिओलमा आयोजना गर्ने लगानी प्रवर्दनसम्बन्धी कार्यशालाको उद्घाटनसमेत गर्नेछन् ।
नेपाल र कोरियाबीच सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । कुटनीतिक सम्बन्ध स्थापना भएकौ वर्ष कोरियाले काठमाण्डुमा आफ्नो दूतावास खोलेको थियो । नेपालले सन् २००७ मा मात्र दक्षिण कोरियामा दूतावास स्थापना गरेको हो ।