जण्डिसले विराटनगरका विद्यालय बन्द

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते २:१६ मा प्रकाशित

मोरङ, २९ वैशाख– तीन सातायाता फैलिएको जण्डिसका कारण विराटनगरका सबै निजी विद्यालय आजदेखि बन्द भएका छन् ।
जण्डिसको असर बालबालिकामा पर्न सक्ने भन्दै निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन र एनप्याब्सनले आजदेखि पाँच दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले यो अवधिमा सबै विद्यालयले आफ्नो खाने पानी ट्याङ्की, धारा र शौचालयको सरसफाई गर्ने बताए । जण्डिसकै कारण विराटनगर–११ घर भई सुनसरीको सीतागञ्जस्थित रामसीता उच्च माविका शिक्षक डेकबहादुर कटवालको मृत्यु भएपछि निजी विद्यालय सञ्चालकले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

मोरङमा तीन सय निजी विद्यालय छन् । त्यसमा अध्ययन गर्ने करिब एक सय बालबालिका र ३० जना शिक्षकमा जण्डिस देखिएको छ । सामुदायिक विद्यालयहरुलाई पनि पठनपाठन बन्द गर्न अभिावकले दबाब दिएका छन् ।

तर सम्वद्ध निकायले विद्यालय बन्द नगर्न निर्देशन दिएका कारण पठनपाठन सुचारु गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us