गणेश लामा भन्छन्, ‘फाँसीमा झुण्डिन तयार छु’

काठमाण्डु टुडे २०७१ वैशाख २८ गते १४:१४ मा प्रकाशित

तनहुँ, २८ वैशाख– चर्चित गुण्डा नाइके गणेश लामाले आफूमाथि लागेको अभियोग प्रमाणित भए फाँसीमा चढ्न तयार रहेको बताएका छन् ।
ganesh-lamaतनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै लामाले आफू सुध्रिइसकेको भए पनि प्रहरीले दु:ख दिन नछाडेको बताए । ‘म आफ्नो विगत बिर्सन चाहन्छु’, लामाले भने, ‘मलाई समाज र राज्यले सुध्रिने मौका दिनुपर्छ ।’

सुध्रन खोज्दा पनि प्रहरीले दिएको दु:खबाट थप वितृष्ण जागेको भनाइ लामाको थियो । उनले दोषी प्रमाणि भए कारबाही भोग्न तयार रहेको भन्दै पक्र्रंदै छाड्दै नगर्न भने । लामाले आफू पछिल्लो समय युवाहरुलाई कसरी रचनात्मक कार्यमा संलग्न गराउन सकिन्छ भन्ने अभियानमा लागेको दाबी गरे । ‘

म विगतमा नराम्रो काममा थिएँ, अब त्यस्तो काम गर्दिन’, लामाले भने, ‘युवाहरुलाई कसरी रचनात्मक काममा लगाउन सकिन्छ भनेर जिल्ला भ्रमण गरिरहेको छु ।’ उनले आफू नराम्रो कामबाट नभई राम्रो कामबाट चिनिन चाहेको जिकिर गरे ।

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामामाथि उनीविरुद्ध गुण्डागर्दीको आडमा सरकारी ठेक्का कब्जा गरेर अकुत सम्पत्ति जम्मा गरेको आरोपमा विशेगा अदालतमा मुद्धा चलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us