
सर्लाही, २७ वैशाख– सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा भीषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणको प्रयास जारी छ ।
आगलागी नियन्त्रणका लागि चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका १० वटा दमकल प्रयोग गरिएको छ । हावा चलेका कारण आगलागी नियन्त्रणमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आगलागी भएको स्थान नजिकै मानव बस्ती छ । बस्तीमा क्षति हुने डरले स्थानीय त्रसित छन् । सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले उखु पोलेर निस्कने भुसबाट आगो सल्किएको बताए ।