
काठमाण्डु, २७ वैशाख– पुरन थापाको निर्देशनमा बन्न लागेको चलचित्र कान्छी मट्याङ ट्याङको छायाङकन नुवाकोटबाट सुरु हुने भएको छ ।
छायाङ्कनका लागि चलचित्र युनिट आगामी जेठ ५ गते नुवाकोट जाने निर्माण पक्षले जनाएको छ ।
कमेडी जनरामा निर्माण हुने यस चलचित्र लाई दिलाशा क्रियसनले निर्माण गर्दैछ । निर्माण पक्षले यस चलचित्रलाई पारिवारिक कमेडी चलचित्र भनेको छ ।
चलचित्रमा जय किशन बस्नेत, राजाराम पौडेल, लय संग्रोला, लक्ष्मी गिरी ,रमेश मट्टारे, पुुरन थापा गजित विष्ट र अनु शाहको अभिनय रहने छ भने नवनायीकाको रुपमा नाकिका शारिका केुसीले डेव्यू गर्दैछिन ।
चलचित्रका गितमा सिकाश चौधरीको संगित रहेको छ यस्तै चलचित्रमा द्वन्द्व एन बी महर्जनको , नृत्य सुरेन्द्र बस्यालको, छायाङ्कन दिव्य सुवेदीको रहने छ । चलचित्रको छायाङ्कन नुवाकोटसहित काठमाण्डुको, मुडे ,पोखरा तथा चितवनका रमणीय स्थानमा हुने निर्देशक थापाले जानकारी दिए ।