
काठमाण्डु, २७ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका केही नेताले आफ्नो वर्ग बिर्सिएको आरोप लगाएका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा वामपन्थी नेता निर्मल लामाको १४ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आफनो वर्गलाई भन्दा पुँजीपति वर्गलाई माया गर्ने रोग देखिएको बताए । उनको भनाइ विराटनगर राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिमा बस्न अस्वीकार गरेको असन्तुष्ट बाबुराम भट्टराई पक्षप्रति लक्षित थियो ।
भट्टराईले पछिल्लो समय नयाँ शक्ति बनाउने भन्दै आएका छन् । प्रचण्डले आफ्नो पार्टीलाई सोसल डेमोक्रेटिक पार्टी बनाउने असफल प्रयास थालिएको बताए । कम्युनिष्ट पार्टीहरु सोसल डेमोक्रेटिक पार्टी बन्ने खतरा देखिएको छ’, प्रचण्डले भने, ‘हाम्रो पार्टीमा पनि यो रोग देखा परेको छ ।’