छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते ४:०२ मा प्रकाशित

इटहरी, २७ वैशाख– सुनसरी र पर्सामा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
को १ प ७१५५ नम्बरको मोटरसाइकल र मे १ ज १६११ नम्बरको कार पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरीमा–५ मा आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार मोरङ सुन्दरपुरका ७० वर्षीय धनप्रसाद भण्डारीको मृत्यु भएको हो ।

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । यस्तै धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ४ ख ४९४८ नम्बरको टयाङ्करले धरान–८ का गोपाल भुजेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने टयाङ्कर र चालकलाई पहरीले नियन्त्रणमा लिएको छ ।

उता पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा ट्रक दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । निजगढको भवरा पुल नजिकै जंगलमा ना १ ख ८९४० नम्बरको ट्रक पल्टिँदा च्यापिएर सह–चालक धादिङ गजुरी–२ का अर्जुन सुवेदीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुवेदीको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

नवलपरासीमा बस पल्टिँदा २१ घाइते

नवलपरासीको दाउन्नेमा यात्रुबस पल्टिंदा त्यसमा सवार २१ यात्रु घाइते भएका छन् । घाइतेमध्ये  ११ जनाको अवस्था चिन्ताजनक छ ।  बसमा ४० यात्रु थिए ।

घाइतेमध्ये सबैको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । काठमाण्डुबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ४८१९ नम्बरको बस गएराति अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कावासोतीका नायब उपरीक्षक बामदेव गौतमले दुर्घटनाको कारण खुल्न नसकेको बताए ।

दुर्घटनापछि चालह र सहचालक फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us