
काठमाण्डु, २७ वैशाख –एकीकृत नेकपा माओवादीभित्र देखिएको विवाद असन्तुष्ट पक्षलाई केन्द्रीय समितिमा राख्ने कि नराख्ने भन्ने सम्म पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले असन्तुष्ट पक्षलाई केन्द्रीय समितिमा नराख्न दबाव बढेको छ । रिक्त रहेको केन्द्रीय समितिमा नयाँ व्यक्तिहरुलाई ल्याउन दवाव बढेको स्रोतले जनाएको छ ।
नेता बाबुराम भट्टराईसहित दर्जन केन्द्रीय सदस्यहरुले राष्ट्रिय सम्मेलन बहिस्कार गर्दै बाहिरिएपछि नयाँ विवाद सुरु भएको हो । तर एमाओवादीका नेता वर्षमान पुनले भने भट्टराइ पक्षसँगै छलफल गरेर अघि बढ्ने बताए ।
उनले अहिले नै पार्टी फुटको अबस्थामा नरहेको स्पष्ट पार्दै भट्टराई चीनबाट फिर्ता भएपछि छलफल गरेर केन्द्रीय समिति बैठक बोलाउने बताए ।
तर भट्टराई पक्षिय नेता टोपबहादुर रायमाझीले भने विशेष महाधिवेशन नभएसम्म आफुहरुको अडान कायमै रहने राखेका छन् । सरकार कायमै प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि रहेपनि सरकारलाई अप्ठेरो पार्ने कुनै रणनीति नभएको स्पष्ट पारेको छ ।
एमाओवादीले सरकार पुर्ण असफल भएको भन्ने नभई सरकारका कतिपय कामसँग सहमत हुन नसकेको बताएको नेता वर्षमान पुनले जानकारी दिए ।