
काठमाण्डु, २७ वैशाख – सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मरणोपरान्त दिएको मानपदवी गृह मन्त्रालयमै अलपत्र परेको छ । कोइरालालाई सरकारले राष्ट्रगौरवको सम्मान दिएको थियो ।
गणेशमानसिंहलाई राष्ट्र गौरवभन्दा माथिल्लो नेपालरत्न दिएको र कोइरालालाई राष्ट्रगौरव मात्र दिएको भन्दै छोरी सुजताले असन्तुष्टि जनाई विभूषण लिएकी छैनन् ।
राष्ट्रपतिको मानपदवी दिने कार्यक्रमको पाससमेत अघिल्लो दिन लिएर भोलिपल्ट उनी नगएको गृहका एक अधिकारीले बताए ।
नेपालरत्न हालसम्म सरकारले गणेशमान सिंहलाई मात्र दिएको छ ।
राष्ट्रगौरव भने कोइरालासहित कृष्णप्रसाद भट्टराई , मनमोहन अधिकारी, र रामराजाप्रसाद सिंहलाई दिएको छ ।